Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

पोल्यान्डमा ‘तामाङ समाज पोल्यान्ड’ औपचारिक रूपमा गठन, कमल तामाङको संयोजकत्वमा कार्यसमिति चयन

  •   ९ महिना अघि | २ पुस २०८२, बुधबार

पोल्यान्ड

पोल्यान्डलाई कर्मथलो बनाएर बसोबास गर्दै आएका सम्पूर्ण तामाङ समुदायका प्रतिनिधिहरू एकजुट हुँदै ‘तामाङ समाज पोल्यान्ड’ औपचारिक रूपमा गठन गरिएको छ। मिति २०८२ साल मंसिर २१ गते सम्पन्न बैठकले तामाङ समुदायको सामाजिक, सांस्कृतिक र आपसी एकता मजबुत बनाउने उद्देश्यसहित संस्था गठन गर्ने ऐतिहासिक निर्णय गरेको हो।

श्री कमल तामाङको संयोजकत्वमा सम्पन्न उक्त भेलाले ‘तामाङ समाज पोल्यान्ड’ स्थापना गर्ने निर्णयसँगै कार्यसमितिको गठनसमेत गरेको छ।

कार्यसमिति चयनसम्बन्धी प्रस्ताव पारित

बैठकमा प्रस्तुत कार्यसमिति चयनसम्बन्धी प्रस्तावमाथि विस्तृत छलफलपछि सर्वसम्मत रूपमा निम्न व्यक्तित्वहरूलाई विभिन्न पदमा चयन गरिएको छः

🔹 पदाधिकारीहरू

संयोजक: कमल तामाङ

अध्यक्ष: कुमार लोप्चन

उपाध्यक्ष: अर्पणा तामाङ गुरुङ

कोषाध्यक्ष: शुलभ लामा

महासचिव: अनिता तामाङ

सचिव: सन्देश मोक्तान

सल्लाहकार: राकेश लामा (जम्याङ)

🔹 कार्यसमिति सदस्यहरू

सन्तोष तामाङ, सुर्यलाल तामाङ, सन्त तामाङ, सुकलाल तामाङ, विकास दोङ, बिनु लामा, रबि तामाङ, सोमिन लामा, तुशिता वाइबा, कमला तामाङ, गोकर्ण स्याङ्तान, दिवाकर लामा, फुर्वा लामा, सोनाम लामा, जितेन्द्र तामाङ, क्षितिज लामा, असिम तामाङ, सृष्टि योन्जन, रुमन तामाङ, राधिका लोप्चन, जीवन तामाङ, प्रेमकुमारी तामाङ, दुर्गा माया तामाङ, माया तामाङ, तिलक तामाङ, बुद्धि तामाङ, सोनाम योन्जन, विजय तामाङ, अक्कल तामाङ, सपना तामाङ, सरला तामाङ, कल्पना योन्जन, सन्त तामाङ, बिरेन गोले, रमेश तामाङ, केशङ तामाङ, सुनमाया तामाङ, अप्सरा लोप्चन, अशोक स्याङ्तान, निङमा लामा र अशोक मोक्तान चयन भएका छन्।

एकता, संस्कृति र पहिचानको संरक्षण लक्ष्य

नवगठित ‘तामाङ समाज पोल्यान्ड’ ले पोल्यान्डमा रहेका तामाङ समुदायबीच एकता, सहकार्य, संस्कृति संरक्षण तथा सामाजिक सहयोगलाई प्राथमिक लक्ष्यका रूपमा अघि बढाउने जनाएको छ। आगामी दिनमा समुदाय केन्द्रित कार्यक्रम, सांस्कृतिक पर्व, आपसी सहयोग र सामाजिक अभियान सञ्चालन गर्ने तयारीसमेत रहेको जनाइएको छ।

पोल्यान्डमा तामाङ समुदायको संगठित उपस्थितिलाई संस्थागत रूप दिनुका साथै पहिचानलाई थप मजबुत बनाउने दिशामा यो कदमलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

  • Jigyasanepal

थप