Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

नगरभित्रका छोरी बुहारीलाई उच्च शिक्षा पढ्न छात्रबृत्ति प्रदान

  •   २ वर्ष अघि | २५ असार २०८१, मङ्लबार

काभ्रे । काभ्रेको पनौती नगरपालिकाले नगर भित्र रहेर यहीका विद्यालय पढेका छोरी बुहारीलाई विद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि  'छोरी बुहारी' कार्यक्रम मार्फत  छात्रवृत्ति वितरण कार्यक्रम गरिएको छ ।   

पनौती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज सोमबार एक कार्यक्रम मार्फत उत्कृष्ट साइन्स पढ्ने विद्यार्थी रोजिना सापकोटा, कुशादेवीकी विपना खत्री सहित इन्द्रेश्वर क्याम्पस लगायत नगर भित्र रहेका अरु क्याम्पसमा अध्ययनरत ९४ जना छोरी बुहारी लाई छात्रवृत्ति प्रदान गरिएको छ ।  झण्डै ११ लाख खर्च गरेर गरिएको उक्त कार्यक्रमले प्रत्यक्ष्य विद्यार्थी लाभ हुने र दिगो भबिस्य निर्माणका लागि टेवा पुग्ने बताइन्छ ।  कार्यक्रम यस अघि विद्यालय मार्फत गरिए पनि नगरपालिकाले विद्यार्थीसँग प्रत्यक्ष्य नगरको सम्बन्ध जोड्न उक्त कार्यक्रमले पुलको काम समेत गर्ने विश्वास लिएको बताइन्छ ।

  • Reporter

थप