Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

ट्रम माथि गोली बर्साउनेको सोही ठाउँमा हत्या

  •   २ वर्ष अघि | ३० असार २०८१, आइतवार

बटलर । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लागेको छ । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्यालीमा भाषण गर्दागर्दै पूर्वराष्ट्रपति ट्रम्पलाई आक्रमणकारीले हानेको गोलीले कानमा लागेको छ ।


गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतीय निर्वाचनको उम्मेदवार समेत रहेका पूर्वराष्ट्रपति ट्रम्प घाइते भएका छन् । त्यसपछि उनले र्यालीमा सुइँय्य गरेको आवाज सुन्ने बित्तिकै आफूलाई केही गडबड छ भन्ने लागेको तथा गोली चलेको र आफ्नै छाला खुइल्याउँदै गोली गएको महसुस भएको बताएका छन् ।


ट्रम्पको कानबाट रगत आएको समेत विभिन्न सार्वजनिक भिडियो र तस्विरहरूमा देखिएको छ । उनको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको थियो । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको भिडियो तथा तस्विरहरूमा देखिन्छ ।


उक्त र्यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटक–पटक गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए ।



आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा सन्देश लेख्दै ट्रम्पले आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गरेका छन् ।


ट्रम्पले लखेका छन्, ‘र्यालीमा सुइँय्य गरेको आवाज सुन्ने बित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।’ धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ’, उनले थप लेखेका छन् ।


उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो । उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई यूएस सिक्रेट सर्भिसका अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताएका छन् ।


उनका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुप्स रहेको जनाएको छ ।


ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।– रासस, एएफपी

  • RSS

थप