Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

तीन महिनाभित्र बक्यौता असुल गर्ने गरी ६ उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्देशन

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल लाइन जोडने ठाडो आदेशको पाँच दिनपछि ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले तीन महिनाभित्र बक्यौता उठाउने सर्तमा ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।


डेडिकेटेड र ट्रंक लाइनको ८ अर्ब बिजुली महसुल बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।


आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरण बोर्डको बहुमतले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।


‘तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरुको विद्युत लाइन जोडिने छ’, प्राधिकरणको निर्णयमा भनिएको छ, ‘लाईन काटिएका ६वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ ।’


प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने माइन्युटमा फरक मत राखेर हस्ताक्षर गरेका छन् । आठ सदस्यीय बोर्डमा २ जनाले फरकमत राखेपनि बहुमतले निर्णय गरेको हो । स्रोतका अनुसार उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेका छन् ।


यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोडिदिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई ठाडो निर्देशन दिएका थिए । प्राधिकरणले लिखित निर्देशन विना निर्णय गर्न गाह्रो हुने बताएपछि आइतबार विद्युत् नियमन आयोगमार्फत विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको भन्दै काटिएको लाइन तत्काल जोडिदिन प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो ।


  • Jigyasa media

थप