थाइल्यान्ड— थाइल्यान्डको राजधानी बैंककस्थित चर्चित पर्यटकीय क्षेत्रको एक होटेलमा आइतबार राति आगलागी हुँदा तीन विदेशीको मृत्यु भएको छ।
खाओ सान रोड नजिकैको एम्बर होटेलमा भएको आगलागीमा परी घाइते भएका तीनजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो। मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन्। यस घटनामा अन्य सात जना घाइते भएका छन्, जसमा पाँच विदेशी र दुई थाइ नागरिक रहेका छन्।
उद्धार प्रयास
बैंककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार सूचना प्राप्त भएको पाँच मिनेटमै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। करिब ७५ जनालाई तीनवटा क्रेनको सहयोगमा उद्धार गरिएको उनले बताए।
अनुसन्धान जारी
आगलागीको कारण अझै खुल्न सकेको छैन। बैंकक महानगरपालिकाले घटनापछि होटेल बन्द गर्न आदेश दिँदै चेतावनी प्रणालीको गहन अनुसन्धान गरिने बताएको छ ।
थाइल्यान्डका पर्यटकीय क्षेत्रहरूमा यस्ता घटनाले सुरक्षा मापदण्डप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउँदै भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले थप कदम चाल्ने प्रतिवद्धता
जनाएका छन्।
- Jigyasa media