Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको शव परिवारलाई हस्तान्तरण

  •   १ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

काठमाडौं, चैत २० – तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा आगलागीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा रजकको मृत्यु जलेर भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।

यसअघि, उनलाई गोली लागेको भन्ने हल्ला चलेपछि चिकित्सकहरूले पोस्टमार्टमअघि एक्स-रे परीक्षण गरेका थिए। तर, एक्स-रेमा गोली लागेको कुनै प्रमाण नदेखिएपछि बुधबार पोस्टमार्टम गरी शव परिवारलाई हस्तान्तरण गरिएको हो।

रजकको शव नारायण गोपाल चोक, बालाजु हुँदै नयाँ बजारसम्म शवयात्रासहित लैजाने व्यवस्था गरिएको थियो।


  • Jigyasa media

थप