Breaking News
श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||    

शनिबारको मौसम अपडेट: देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षा तथा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २७ पुस २०८१, शनिबार

काठमाडौं । आज शनिबार कोशी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्यतया बदली हुनेछ। अन्य भूभागमा भने आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

देशका विभिन्न भागमा बदलिँदो मौसमले जनजीवनमा केही प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


  • Jigyasa media

थप