Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  •   २ वर्ष अघि | २८ असार २०८१, शुक्रबार

रौतहट । रौतहटको गाढीमाई नगरपालिका– ६ सिंगारमन धर्मपुरमा शुक्रबार बिहान जन्ती बोकेको भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रौतहटबाट सर्लाहीतर्फ जाँदै गरेको एचआर ७० डी ८३८२ नम्बरको स्कारपियो नहरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

उक्त दुर्घटनामा काठमाडौं घर भएका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाहीको चक्रघाटा गाउँपालिका– ३ सुन्दरपुरका रबिन्द्र पण्डितकी ७ वर्षीया छोरी स्वेता पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

१२ जना सवार रहेको सो स्कारपियो दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सोही दुर्घटनामा ५ जना सकुशल रहेका छन् भने दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

  • Reporter

थप