सिन्धुली: लगातारको वर्षापछि आएको बाढीले सिन्धुलीको सुनकोशी र रोशी नदी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सुनकोशी गाउँपालिका-१, दुम्जामा रहेको आदी लिङ्गेश्वर कुशेश्वर महादेव गुरुकुलमा २६ जना बटुकसहित ३३ जना बाढीले बीच भागमा फसेका छन्। त्यहाँ रहेका पक्की घरहरूमध्ये पाँचवटा घर बगाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फसेका व्यक्तिहरूमा २६ बटुक, ३ शिक्षक, २ कर्मचारी र अन्य रहेका छन्। मन्दिर जाने मार्ग पूर्ण रूपमा बगाएकोले उद्धारमा कठिनाइ भइरहेको छ। अहिले रोशी नदीमा बाढी नघटेकाले उद्धारमा थप चुनौती उत्पन्न भएको प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।
स्थानीय पार्वती श्रेष्ठलगायत अन्यको घर तथा व्यवसायमा ठूलो क्षति पुगेको छ। बाढीका कारण सिन्धुलीको मुख्य राजमार्गहरू समेत अवरुद्ध भएकाछन्।
-
Jigyasanepal