Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पहिरोमा पुरिएर सात जनाको मृत्यु

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

काठमाडौं।

पर्वत, फलेवास नगरपालिका-१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका-३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको छ । पहिरो जाँदा उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कार्कीनेटा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

तनहुँ, अविरल वर्षाको कारण शुक्लागण्डकी नगरपालिका-७ काउरे बस्ने ४० वर्षीया हिरा नेपाली र सुनमायाँ कुमालको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर हिरा नेपाली र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको हो । पहिरो आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयबासीहरू मिली निकाल्न जाने क्रममा हिरा नेपाली सहित ३ जना मानिसहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतरा समेतबाट खटिएको टोलीले उद्दार एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । बेपत्ता १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

स्याङ्जा, बिरूवा गाउँपालिका-६ लामाखेत बस्ने ईश्वरी लम्सालको खाली घर शनिबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका-६ स्याङदी माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधब शर्मा र उनकै श्रीमती ६७ वर्षीया हरिमाया शर्मा रहेका छन् ।

गुईश्वरी र माधवको घर पहिरोले पुरिएर क्षति भएको र उनीहरूको उद्दार गरी ईश्वरीको खाली घरमा राखेकोमा उक्त घर समेत पहिरोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा तीनै जनाको शव फेला परेको हो ।

पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • Reporter

थप