सर्लाही ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मा महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुबेको छ। कारमा गौशालाका सुरेश महतो (३७) र सोनवाका रामाकान्त ठाकुर (३७) सवार थिए। उनीहरू बेपत्ता छन् भने साथमा रहेका जनक यादव (३१) पौडिएर बाहिर निस्कन सफल भए। प्रहरी र स्थानीयले खोजी गरेका छन्, तर बेपत्ता व्यक्तिहरू नफेला परेपछि बर्दिबासबाट सशस्त्र प्रहरी बलको गोताखोर टोली बोलाइएको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
।
- Jigyasa media