Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी आवागमन रोक्ने निर्णय

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

चितवन – निरन्तरको वर्षाका कारण पहिरोको जोखिमलाई ध्यानमा राखी नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी सञ्चालन रोक्ने निर्णय गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार, पहिरो खस्ने सम्भावनालाई मध्यनजर गर्दै बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख भावेश्वर रिमालले आज र भोलि विशेष सतर्कता अपनाइँदै अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै सवारीलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने जानकारी दिए। उक्त निर्णयले सम्भावित दुर्घटनाबाट जोगिन र सुरक्षाको प्रत्याभूति गर्ने लक्ष्य राखिएकोछ।


  • Jigyasa media

थप