Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सिमालताल दुर्घटनामा रौतहटका २४ जना अझै बेपत्ता, आफन्तको आशा कायम

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

रौतहट ।

रौतहटको बौधिमाई नगरपालिका-३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी, र नीरज साह तीन दिनदेखि बेपत्ता छन्। बस त्रिशूली नदीमा खसेको खबर आएको तीन दिन बितिसकेको छ। यद्यपि, परिवारले अझै कुनै सकारात्मक खबरको आशा गरिरहेका छन्।


बौधिमाई-२ इनर्वाका राज पटेलको परिवार पनि समान परिस्थितिमा छन्। कोही नयाँ मानिस घरमा आउँदा वा मोबाइलमा घन्टी बज्दा छोरा भेटिएको खबर आयो कि भन्ने उनीहरूलाई लागिरहेको छ। पटेल परिवारले घर फर्किने आशा अझै छाडेका छैनन्। अजगैबी गाउँका हरिचन्द्र यादव र बाल राउत कुर्मीको घरमा पनि तीन दिनदेखि चुलो बलेको छैन, तर आशाको दियो भने निभेको छैन। कुनै राम्रो खबर आइहाल्छ कि भन्ने उनीहरूको विश्वास बाँकी छ।


बौधिमाई-४ इनरवारी गाउँका प्रिन्स जयसवाल र अकलु राउत कुर्मी पनि बेपत्ता छन्। घरमा उनीहरूको फर्किने आशा अझै जीवित छ। रौतहटका २४ जना दुर्घटनामा बेपत्ता भएका छन्। गणपति डिलक्सको काउन्टरबाट प्राप्त भएको चलानका आधारमा प्रहरीले बेपत्ता भएका परिवारका आफन्तसित सम्पर्क गरिरहेको छ, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए।


बेपत्ता भएका नागरिकको यकिन विवरण नआएकोले अहिले परिवारसित सम्पर्कको काम भइरहेको रेग्मीको भनाइ छ। शुक्रबार बिहान साढे ३ बजे काठमाडौंबाट रौतहटतर्फ आइरहेको गणपति डिलक्समा २७ यात्रु थिए। त्रिशूली नदीमा खसेको बसका यात्रुमध्ये तीनले ज्यान जोगाएका छन् भने २४ जना अझै बेपत्ता छन्।

  • Jigyasa media

थप