Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

पूर्व राजा ज्ञानेन्द्रले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाउने तयारी

  •   २ वर्ष अघि | १८ असोज २०८१, शुक्रबार

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन राजधानीस्थित निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउने घोषणा गरेका छन्। शाहले परम्परागत रूपमा दशमीको अवसरमा आफ्ना समर्थक र सर्वसाधारणलाई आशीर्वाद दिने कार्यक्रम राखेका हुन्।

पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल शाहले विजयादशमीको दिन अपराह्न ४ बजेबाट सुरु हुने टीका कार्यक्रम आयोजना गर्ने संवाद सचिवालयले जनाएको छ। हरेक वर्षझैँ यसपटक पनि टीका लगाउन आउनेहरूलाई उनीहरूले स्नेहपूर्वक आशीर्वाद दिनेछन्।

हाल पूर्व राजा शाह भुटानको भ्रमणमा रहेका छन् र उनी आइतबार स्वदेश फर्कने तय भएको छ। विजयादशमीको यो परम्परागत कार्यक्रमलाई लिएर उनका शुभचिन्तकहरू उत्साहित छन्, जहाँ उनलाई भेट्न र आशीर्वाद थाप्नको लागि लामबद्ध हुने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप