२३ भदौ, सुर्खेत – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर चलाउनेलाई पुरेको छ। गए राति २ बजे खसेको उक्त पहिरोले उनीहरूलाई घरमै पुरेको हो।
वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार पहिरोमा पुरिएकी उनीहरूको ११ वर्षीया छोरी सम्झनालाई भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको छ।
हालसम्म प्रेमकुमारी र मानबहादुरको उद्धार गर्न स्थानीय प्रहरी र बासिन्दाहरूले प्रयास जारी राखेका छन् तर सफलता प्राप्त नभएको जानकारी प्राप्त भएको छ।
- Jigyasa media