काठमाडौं: आज बुधबार कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीका साथ मौसम मुख्यतया सफा रहने अपेक्षा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना औंल्याएको छ।
रातको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
- Jigyasa media