Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

आइडिया बैंक: बेरोजगारीले प्रताडित बनेका युवा शक्तिको लागि एक नवीनतम प्रयास

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

 काभ्रे । मंसिर १० - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काभ्रेपलान्चोकको सक्रियतामा आइडिया बैंक कार्यक्रमको सुरुवात गरिएको छ। जिल्ला अध्यक्ष मिलन गौतमका अनुसार यस कार्यक्रमले विद्यार्थीहरू युवा शक्तिको सिर्जनात्मक विचार प्रस्तुत गर्ने मञ्चको रूपमा काम गर्नेछ।

कार्यक्रमको आगामी मंसिर १४ गते काठमाण्डौं विश्व विद्यालयमा उद्घाटन समारोह गरिने त्यसमा प्रमुख अतिथि, शिक्षक प्रतिनिधिहरू, र विद्यार्थीहरू व्यवसायी उद्यमीहरुको व्यापक सहभागिताबीच आइडिया कर्मीहरुको प्रस्तुत गर्ने कार्यक्रमा समेत रहने बताइएको छ । आइडिया बैंकले विद्यार्थीहरूका नवीनतम विचारलाई वास्तविक कार्यान्वयनतर्फ अघि बढाउने उद्देश्य लिएको छ।

गौतमले भने, "आजको बदलिँदो संसारमा विद्यार्थीहरूलाई सिर्जनात्मक र व्यावहारिक शिक्षामा अभिप्रेरित गर्न आवश्यक छ। यस बैंकले विद्यार्थीहरूको विचारलाई समाजका लागि उपयोगी बनाउनेछ।" उनीहरूको आइडिया लाई वेबसाइट मार्फत उनीहरूको पासवर्ड राखेर मात्रै हेर्न मिल्ने किन्न मिल्ने गरी राखिनेछ, जसमा कुनै उद्योगी व्यवसायी ले उनीहरूको आइडिया खरिद गरी कार्यान्वयन गर्न सक्नेछन् । 

सोही कार्यक्रमको तयारी बारे आज एक पत्रकार सम्मेलन मार्फत सबै तयारी पूरा गरिएको बताउँदै सहभागीहरूले शिक्षण पद्धतिमा सुधार, नवप्रवर्तनशील सोचको प्रवर्द्धन, र डिजिटल प्रविधिको उपयोगजस्ता विषयहरूमा आफ्ना विचार समेत राख्न सक्ने गौतमले बताए । आइडिया बैंकले विद्यार्थीहरूलाई विभिन्न कार्यशालामा सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ।

गौतमका अनुसार आइडिया बैंकको मुख्य उद्देश्य विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने हो। आइडिया बैंक बेरोजगारीले प्रताडित क्षमतावान युवाहरुको सक्रियता र उनीहरुलाई आशावादी बनाउन पनि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सबैलाई यस कार्यक्रमको सफलताका लागि सहकार्य गर्न आग्रह गरेका छन्।

आइडिया बैंकमा ५१ वटा आइडिया विचारहरू आएको भए पनि निर्णायक मण्डलले टप १० आइडिया लाई प्राथमिकतामा राखेर छनोट गरिएको र त्यस मध्ये बाट तीन वटा लाई क्रमसः ५० हजार ,३० हजार र २० हजार नगद सहित पुरस्कृत गरिने समेत कार्यक्रम रहेको बताइएको छ ।

समाज रूपान्तरणको दिशामा एउटा महत्त्वपूर्ण कदमको रूपमा आइडिया बैंकको प्रभावकारीता हालका दिनमा अझ बढी देखिन सक्ने,यो कार्यक्रमले विद्यार्थीहरूलाई प्रोत्साहन दिनेछ, समाजमा सकारात्मक परिवर्तन ल्याउन पनि योगदान पुर्‍याउने विश्वास लिएको बताइन्छ ।


  • Jigyasa media

थप