Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

पूर्वी र मध्य नेपालमा लगातार वर्षा, पहिरोको जोखिम बढ्यो

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

काठमाडौं - सुदूरपश्चिम क्षेत्रमा मनसुन क्रमशः बाहिरिने क्रममा भए पनि पूर्वी र मध्य क्षेत्रका विभिन्न स्थानहरूमा अझै पनि वर्षा जारी रहेको छ। आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसमविदहरूले जनाएका छन्।

काठमाडौं उपत्यकाको उत्तरी भेग सुन्दरीजलमा मात्र तीन घण्टाको अवधिमा ४२ मिलिमिटर वर्षा मापन गरिएको छ भने सिन्धुपाल्चोकको तार्केघ्याङमा एक घण्टामै २८.४ मिलिमिटर वर्षा भएको छ। यस्तै, झापाको अर्जुनधारा, सुनसरीको तहरा, धनकुटाको त्रिवेणी र इलामको सोक्तिम टिस्टेटमा पनि भारी वर्षा मापन भएको छ।

वर्षा भइरहेको क्षेत्रहरूमा पहिरोको जोखिम रहेको मौसमविदहरूले चेतावनी दिएका छन्। असोज १० देखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर बनाइसकेकाले यस वर्षाले थप क्षति पुर्याउने सम्भावना रहेको छ। यसै कारण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १८ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षा अहिले पनि सक्रिय रहेको भारतको उत्तर-पूर्वी आसाम र आसपासको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा वर्षा भइरहेको हो। यो प्रणाली क्रमशः पश्चिमतर्फ सर्दै कमजोर हुँदै गएको छ। तर, मौसमविदहरूले आज र भोलिसम्म भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्क रहन सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी, कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको बताइएको छ।

यसैबीच, नेपालको सुदूरपश्चिम क्षेत्रसँग जोडिएको भारतीय उत्तराखण्डबाट मनसुन बाहिरिसकेको छ, जसको असर पश्चिम नेपालमा पनि क्रमशः देखिन थालेको छ।


  • Jigyasa media

थप