Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

१६ जिल्लामा नक्कली सई बनेर ठगी गर्ने दुई जना पक्राउ

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

सुर्खेत – प्रहरीले १६ जिल्लामा नक्कली सई बनेर ठगी गर्दै आएका दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखका २७ वर्षीय विकास बिसी र बाँकेका ३६ वर्षीय लोकबहादुर खाँण रहेका छन्। उनीहरूले आफूलाई प्रहरी सई बताउँदै विभिन्न मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त ठगीको पोल भने खगेन्द्र अधिकारीको स्वास्थ्य परीक्षण रिपोर्टमा ढिलाइ भएपछि खुल्यो। खगेन्द्रका आमालाई सम्पर्क गर्दै नक्कली सई बनेका ठगहरूले मेडिकल परीक्षण रिपोर्ट छिटो पठाइदिने प्रलोभनमा ५८ हजार रुपैयाँ असुलेका थिए। 

प्रहरीको ट्रेसिङका आधारमा विकास बिसीलाई दैलेखबाट पक्राउ गरी, थप अनुसन्धानपछि लोकबहादुर खाँणलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा लोकबहादुरले १६ जिल्लामा नक्कली सई बनेर १८ जना व्यक्तिलाई ठगेको खुलासा भएको छ। उनीहरूले विभिन्न मुद्दा मिलाइदिने बहानामा ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

  • Jigyasa media

थप