भदौ ३०, २०८१, काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मट्टितेलको मूल्यमा कमी गरेको छ। आइतबार साँझ बसेको निगम संचालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउने निर्णय गरेको हो। यो नयाँ मूल्य भदौ ३१, मध्यराति १२ बजेदेखि लागू हुनेछ।
यस मूल्य घटेसँगै प्रमुख सहरहरूमा पेट्रोल र डिजेलको नयाँ मूल्य निम्नानुसार कायम भएको छ:
काठमाडौं, पोखरा, दिपायल: पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ।
सुर्खेत, दाङ: पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ।
विराटनगर, जनकपुर, नेपालगञ्ज: पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ, डिजेल र मट्टितेल १४६ रुपैयाँ।
मूल्य घटाउँदा उपभोक्तालाई केही राहत मिल्ने अपेक्षागरिएको छ।
- Jigyasa media