काठमाडौं। रामेछाप जिल्लाको शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने केही व्यक्ति बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण प्राप्त हुन बाँकी छ। आज बिहान ३:३५ बजे पहिरोले गाउँमा क्षति पुर्याएको सूचना प्राप्त भएको थियो।
पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ, जसका कारण प्रहरीको टोली घटनास्थल पुग्न ढिलो भएको हो। टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि पुल भत्किएका कारण ढिलाइ भएको थियो।
इन्सपेक्टर न्यौपानेले नजिकका प्रहरी टोलीले घटनास्थलमा पुग्दा दुई जनाको शव भेटिएको जानकारी दिएका छन्। केही व्यक्तिहरु अझै बेपत्ता छन्, तर मृतक र बेपत्ताको परिचय भने हालसम्म खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। हामीलाई फलो गर्नुहोस् थप विवरण प्राप्त हुनासाथ जानकारी गराइनेछ।
- Jigyasa media