Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

आजको मौषम पूर्वानुमान विवरण हेर्नुहोस

पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

काठमाडौ।

बुधबार देशभरको मौसम मिश्रित रहने देखिएको छ। देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसमको अनुभव हुनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

रातिको समय, कोशी, बाग्मती, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने देशका अन्य भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।


  • Jigyasa media

थप