काठमाडौं : आज देशका अधिकांश भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ भने देशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ।
पूर्वानुमान विवरण:
कोशी प्रदेश , मधेश, बागमती र गण्डकी प्रदेश: आंशिकदेखि सामान्यतया सफा रहनेछ। थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश: केही स्थानमा आंशिक बदली, अन्यत्र मौसम सफा रहनेछ।
हिमाली भेगमा: सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ।
रातको मौसम:
राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्छ भने तराईका अधिकांश भागमा मौसम सफा रहनेछ।
- Jigyasa media