आज देशभरको मौसम कस्तो रहने? मौसमविद्ले दिए यस्तो पूर्वानुमान

  •   १ वर्ष अघि | १८ बैशाख २०८२, बिहिबार

जिज्ञाशा नेपाल, वैशाख १८ –

हाल देशमा पश्चिमी प्रणाली र स्थानीय वायुले मौसममा प्रभाव पारिरहेको छ भने बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाले समेत आंशिक असर पारेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने संकेत दिइएको छ।

आज रातिको मौसम पनि आंशिक बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहँदा, बाँकी भू–भागमा भने मौसम खुलेको रहनेछ।

यसले तराईमा सामान्य गर्मी यथावत रहने अनुमान गरिएको छ भने पहाडी र हिमाली क्षेत्रका बासिन्दाले मौसम अनुसार सावधानी अपनाउनुपर्ने महाशाखाले सुझाएको छ ।

  • T

थप