काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले खुकुरी प्रहारको अभियोगमा पक्राउ गरेको छ।
गएराति जिल्लाको विनौना भन्ने ठाउँमा दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार, वडाध्यक्ष वलीसहित अन्य ४ जनालाई सोधपुछका लागि पक्राउ गरिएको छ र उनीहरूसँग हाल सोधपुछ जारी छ।
खुकुरी प्रहारबाट घाइते भएका युवाहरूलाई थप उपचारका लागि भारत पठाइएको छ। वली २०७९ सालको स्थानीय निर्वाचनमा २ हजार ९७ मत प्राप्त गरी एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
- Jigyasa media