Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाद्वारा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर

  •   २ वर्ष अघि | १६ भदौ २०८१, आइतवार

बागमती – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०–८१ मा ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको छ। 

कार्यालयका प्रमुख काशीनाथ घिमिरेका अनुसार, अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट कैफियत भेटिएपछि मकवानपुरका सात, काठमाडौंका २४, चितवनका पाँच र धुलिखेलका आठ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो। नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने र म्याद गुज्रेका सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाका अदालतमा तथा १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ।

घिमिरेले बताएअनुसार, सो आवमा कार्यालयले ऐन र नियमअनुसार संकलित तीन हजार ५०, अनुज्ञापत्र तथा नवीकरणका लागि दुई हजार ७४, अनुरोधात्मक नमूना एक सय ५२, र खाद्य स्वच्छता सर्भिलेन्सका लागि एक सय ६२ गरी कुल दुई हजार सात सय ३८ नमूना विश्लेषण गरेको थियो। 

विश्लेषणमा ८५ नमूनाहरू प्रतिकूल पाइएको र ती नमूनाहरूलाई कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुसार सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गराउने कार्य भएको छ।

यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन, सिन्धुली, र हेटौँडाका खाद्य निरीक्षकहरूले संकलन गरेको तीन सय नौवटा नमूनाको विश्लेषण गर्दा नौवटा नमूना प्रतिकूल पाइएकोले थप अनुसन्धान भइरहेको छ। 

अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेका तथा अखाद्य वस्तुहरू रु ११ लाख २० हजार सात सय ४६ मूल्य बराबर जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको छ।

साथै, उक्त आवमा कार्यालयले ८६ खाद्य उद्योगलाई सिफारिस र ६० खाद्य तथा दाना उद्योगलाई अनुज्ञापत्र जारी गर्दै कुल तीन सय ११ उद्योगलाई सेवा उपलब्ध गराएको जनाएको छ। होटल तथा रेष्टुरेन्टहरूको स्तरीकरणका लागि मुग्लिन, सौराहालगायतका स्थानमा सञ्चालित ४२ होटल तथा रेष्टुरेन्टलाई जनप्रतिनिधि, होटल व्यवसायी, तथा सञ्चारकर्मीको रोहबरमा स्तरीकरण गरिएको छ। 

सोही आवमा, विभिन्न शीर्षकमा रु २२ लाख ३२ हजार ९ सय ६० राजस्व संकलन भएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिएका छन्।

  • RSS

थप