Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

कुकुर बचाउन सुनकोशी नदीमा छिर्दा बगेर २३ वर्षीय महेश बेपत्ता

  •   १ वर्ष अघि | १२ भदौ २०८२, बिहिबार

शुकदेव थपलिया काभ्रे 

भदौ १२, 

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, दुलालेश्वर मन्दिर नजिकै सुनकोशी नदीले एक युवकलाई बगाएको छ। आफूलाई गिफ्ट दिएको विदेशी जातको कुकुर अचानक सुनकोसी नदीमा  बगेपछि महेश दर्जी कुकुर बचाउन नदीमा हाम फालेर बेपत्ता भएको स्थानीयले बताएका छन् । दर्जी बेपत्ता लगत्तै प्रहरी स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी १५ गण हेडक्वाटर ले खोजी कार्य जारी राखेको बताइएको छ । सशस्त्र प्रहरी १५ गण हेडक्वाटर काभ्रेका प्रमुख माधव रेग्मीका अनुसार, भुम्लु–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जी नदीमा बगेर बेपत्ता भएका हुन्।

दर्जीको खोजीका लागि तीनवटा सुरक्षा टोली खटाइएको छ । सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको कमाण्डमा ११ जना सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्शकुमार शाहको कमाण्डमा ११ जना (सशस्त्र प्रहरी नं १६ गण)

प्रहरी निरीक्षक प्रशान्त तमाङको नेतृत्वमा नेपाल प्रहरी टोली

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार उद्धार टोली नदी किनारैकिनारमा तैनाथ भई दर्जीको खोजी कार्य जारी राखिएको छ।

सुनकोशी नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको उद्धार टोलीले जनाएको छ।

स्थानीय बासिन्दाले समेत प्रहरीसँग समन्वय गर्दै खोजी कार्यमा सहयोग गरिरहेका छन्।

  • Jigyasanepal

थप