काभ्रे, १६ भदौ — काभ्रेको पनौती नगरपालिका-५ ढलमलेस्थित सडकमा एक गम्भीर सवारी दुर्घटना भएको छ, जसमा पैदल यात्रीको उपचारकै क्रममा मृत्यु भएको छ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३प ०७५१ नम्बरको मोटरसाइकलले ६३ वर्षीय काजी बहादुर गुरुङलाई ठक्कर दिएको हो। मिति २०८१ भदौ १६ गते, साँझ १६:३० बजे भएको उक्त दुर्घटनामा गुरुङलाई टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको थियो। उहाँलाई तुरुन्तै उपचारका लागि शिरमेमोरियल अस्पताल, बनेपामा लगिएको थियो। प्रारम्भिक उपचारपछि गुरुङलाई थप उपचारका लागि नर्भिक अस्पताल, काठमाडौं पठाइएको थियो, जहाँ १९:१० बजे उपचारकै क्रममा उहाँको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि सवार १६ वर्षीय रियान प्रधान पनि घाइते भएका छन्। सौरभको दायाँ खुट्टामा चोट लागेको छ भने रियानको बायाँ हात र मुखमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको र उनीहरूको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकल र चालकलाई प्रहरी चौकी पनौतीले नियन्त्रणमा लिएको छ, र दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।
- Jigyasa media