Breaking News
चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||    

कजाकिस्तानमा ६७ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त, २५ को सकुशल उद्धार

  •   २ वर्ष अघि | १० पुस २०८१, बुधबार

कजाकिस्तान – कजाकिस्तानमा बुधबार ६७ यात्रु बोकेको एक विमान दुर्घटनामा परेको छ। विपत् व्यवस्थापन मन्त्रालयका अनुसार, दुर्घटनापछि २५ जनालाई जीवितै उद्धार गरिएको छ भने तीमध्ये २२ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनामा परेको विमान एम्ब्रेयर १९० मोडलको थियो, जसमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना सवार थिए। उक्त विमान अजरबैजान एयरलाइन्सले सञ्चालन गर्दै आएको थियो।

विमान अक्ताउ शहर नजिकै खसेपछि आगलागी भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। हालसम्म दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको भए पनि आँधीबेहरीका कारण विमानलाई गन्तव्यबाट मोडिएको जानकारी प्राप्त भएको छ।

दुर्घटनाग्रस्त विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नी जाँदै थियो। विमान दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप