काठमाडौँ – जापानको प्रधानमन्त्री फुमियो किशिदा पछि अब शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल देखिएको छ। रोयटर्सका अनुसार पूर्व रक्षामन्त्री इसिबालाई सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको छ।
इसिबाले आर्थिक सुरक्षामन्त्री साने ताकाइचिलाई दोस्रो चरणको मतदानमा हराउँदै चुनाव जितेका हुन्। एलडीपीले जापानको संसदको तल्लो सदनमा बहुमत रहेकोले इसिबाको प्रधानमन्त्री पदमा नियुक्ति लगभग निश्चित मानिएको छ। जापानको लोकतान्त्रिक प्रणालीमा तल्लो सदनलाई अत्यन्त शक्तिशाली मानिन्छ, जसले नयाँ प्रधानमन्त्री चयनमा प्रमुख भूमिका खेल्छ।
नयाँ प्रधानमन्त्रीले जापानलाई समकालीन चुनौतीहरूसँग जुध्न नेतृत्व दिनेछन्।
- Jigyasa media