Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

झापाको ‘अमला काण्ड’ भ्रामक प्रचार गर्ने ३८ युट्युब च्यानल कारबाहीको दायरामा

  •   २ वर्ष अघि | २३ माघ २०८१, बुधबार

काठमाडौं – झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रचार गर्ने ३८ युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलका अनुसार पछिल्लो समय केही युट्युब च्यानल र सामाजिक सञ्जालका पेजहरूले सत्यता पुष्टि नगरी सनसनीपूर्ण सामग्री सम्प्रेषण गरिरहेका छन्। यस्ता सामग्रीले समाजमा उत्तेजना फैलाउनुका साथै पीडित व्यक्तिहरूको गोपनीयता र प्रतिष्ठामा आघात पुर्‍याएको काउन्सिलले जनाएको छ।

काउन्सिलद्वारा जारी विज्ञप्तिमा पीडित युवती, जेष्ठ नागरिक, शिशु तथा परिवारका तस्बिर तथा भिडियो सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको तथा संवेदनहीन बहस प्राथमिकता दिइएको उल्लेख छ। यस्ता गतिविधिले पत्रकारिताका मूल्यमान्यता उल्लंघन गर्दै भ्युज बढाउने नियतले चरित्रहत्या गर्ने प्रवृत्तिलाई प्रश्रय दिएको काउन्सिलको ठहर छ।

काउन्सिलले पत्रकारिताको मर्यादा विपरीत घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री हटाउन सम्बन्धित च्यानल तथा सञ्चारमाध्यमलाई निर्देशन दिएको छ। साथै, गैरपेशागत तथा गैरकानुनी सामग्री सम्प्रेषण नगर्न चेतावनी दिँदै जिम्मेवार पत्रकारितामा ध्यान दिन अनुरोध गरेको छ।

अनुगमनका क्रममा काउन्सिलले भेट्टाएका यस्ता गैरजिम्मेवार सामग्रीहरूले पीडितहरूको गोपनीयता उल्लंघन गरेको, व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याएको र कानुनी मापदण्डको उल्लंघन गरेको निष्कर्ष निकालेको छ। काउन्सिलले यस विषयमा थप अनुसन्धान अघि बढाउने जनाएको छ।


  • Jigyasa media

थप