Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किँदा १ को मृत्यु, २६ घाइते

  •   २ वर्ष अघि | ९ फाल्गुन २०८१, शुक्रबार

उदयपुर – मदन भण्डारी राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७, जोगीदहमा जन्ती बोकेको बस र मिनी ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बाराबाट जन्ती लिएर उदयपुर जाँदै गरेको बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट तेजपत्ता बोकेर कटारी जाँदै गरेको ना. ८ख २४०४ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किएको थियो।

दुर्घटनामा बाराको गढी गाउँपालिका–४ निवासी ७० वर्षीय सीताराम धामीको ज्यान गएको छ। गम्भीर घाइते भएका धामीलाई उपचारका लागि न्युरो अस्पताल, विराटनगर लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष कार्कीले जानकारी दिए।

घटनामा घाइते भएका २६ मध्ये २० जनालाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। दुई जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने तीन गम्भीर घाइते न्युरो अस्पताल, विराटनगरमा उपचाररत छन्।

  • Jigyasa media

थप