Breaking News
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

इनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

जिज्ञासा नेपाल डटकम, काठमान्डौ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३, दमारगाउँमा इनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेहरूमा १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका छन्। 

प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलका अनुसार, बुधबार बिहान करिब १० बजे मुकेश र रामबहादुर इनार सफा गर्न भित्र पसेका थिए। उनीहरू इनारभित्र अचेत अवस्थामा भेटिएपछि स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले इनारभित्र रहेका दुवैजनालाई बाहिर निकाल्नका लागि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको सहयोग लिएको थियो। उद्धार गरेपछि विक र नेपालीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो, तर अस्पतालले उनीहरूलाई मृत घोषणा गर्‍यो। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। स्थानीयबासीलाई इनार जस्ता जोखिमपूर्ण कार्य गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।

  • Jigyasa media

थप