Breaking News
श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||    

होटलमा एकै परिवारका पाँच जनाको मृत्यु, हत्या आरोपमा एक जना पक्राउ

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

नयाँ दिल्ली, पुस १७ – भारतको उत्तर प्रदेशमा एकै परिवारका पाँच जना होटलको कोठामा मृत अवस्थामा फेला परेका छन्। लखनउस्थित होटलमा बुधबार राति चार बालबालिका र उनीहरूकी आमाको शव फेला परेको हो।

प्रहरीले घटनाको पुष्टि गर्दै परिवारको हत्या भएको आशंकामा बालबालिकाका एकजना भाइलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, घरायसी विवादकै कारण घटनाले भयानक रुप लिएको अनुमान गरिएको छ।

मृतक बालबालिका ९ देखि १६ वर्ष उमेरका रहेका छन्। घटनास्थलको अनुसन्धानपछि प्रहरीले भन्यो, "हत्या गर्ने व्यक्तिले मृतकको हातखुट्टा काटेर विभत्स अपराध गरेका छन्।"

परिवार आगरा सहरबाट लखनउ भ्रमणको क्रममा रहेको र सोमबार होटलमा चेक-इन गरेको खुलेको छ। यो घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ।

प्रहरी अनुसन्धान जारी

घटनापछि स्थानीय प्रहरी टोलीले होटल र आसपासका क्षेत्रमा अनुसन्धान तीव्र बनाएको छ। परिवारका अन्य सदस्य र पक्राउ परेका व्यक्तिसँग सोधपुछ जारी रहेको छ।

प्रहरीका अनुसार यो घटना घरेलु कलहबाट उत्पन्न भएको हुनसक्छ। थप विवरण भने अनुसन्धानपछि सार्वजनिक गरिने जनाएकोछ।



  • Jigyasa media

थप