Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

श्रीमतीको हत्या गरी भान्सामा गाडियो श्रीमतीको शव, श्रीमान् पक्राउ

  •   १ वर्ष अघि | १७ भदौ २०८२, मङ्लबार

अर्घाखाँची, भदौ १७ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा एक महिलाको हत्या गरी शव भान्साकोठमै गाडिएको भयानक घटना सार्वजनिक भएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले श्रीमान् किरण गुरुङलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार अभियुक्तले करिब एक साताअघि आफ्नी ३४ वर्षीय श्रीमती सुमित्रा गुरुङको हत्या गरेर भान्सामा गाडेको स्वीकार गरेका छन्।

 अनुसन्धानपछि खुल्यो रहस्य

छोरी हराएको भन्दै परिवारजनले प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरी टोलीले घरमा खोजतलास गर्ने क्रममा भान्साकोठाबाट सडेको शव फेला पारियो।

प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण आवेशमा हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ।

 अभियुक्तको पृष्ठभूमि

किरण गुरुङ प्युठानको नौबहिनी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्। हाल उनी अर्घाखाँचीमा बस्दै आएका थिए।

कानूनी प्रक्रिया

प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गर्ने तयारी गरेको जनाएको छ। घटनाले स्थानीयस्तरमै त्रास र आक्रोश फैलिएको छ।

  • Jigyasanepal

थप