Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

आमा र छोरा घरभित्र मृत फेला, हत्या आशंका

  •   २ वर्ष अघि | २० भदौ २०८१, बिहिबार

उदयपुर । कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा बिहीबार बिहान एकै परिवारका आमा र छोरा घरभित्र मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार, ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापा घरभित्र शंकास्पद अवस्थामा मृत भेटिएका हुन्।

स्थानीयहरूका अनुसार दुबैको शव रगतले लतपतिएको अवस्थामा फेला परेको छ, जसले हत्या भएको आशंका उब्जाएको छ। नगरपालिकाका कार्यपालिका सदस्य गीता गिरीले बालकको घाँटीमा धारिलो हतियारले काटिएको जस्तो देखिएको र आमाको शव घोप्टो परेको बताइन्। "खाटमाथि सुतेका बालकको शरीरमा चोटपटक देखिएको छ, आमाको स्थिति हेर्दा हत्या भएको हुनसक्छ," गिरीले भनिन्।

घटनाबारे स्थानीयहरूले इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेपछि अनुसन्धानको टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थल विकट क्षेत्रमा रहेकोले प्रहरी टोली पुग्न केही समय लाग्ने डिएसपी चापागाईले जनाए। "हामीले हालसम्म घटनाको सम्पूर्ण विवरण पाएका छैनौं। टोली घटनास्थल पुगेपछि अनुसन्धान अगाडि बढ्नेछ," उनले थपे।

मृतकका श्रीमान अशोक थापा भने विगत तीन वर्षदेखि भारतको दिल्लीमा अर्की श्रीमतीसँग बस्दै आएका छन्। श्रीमान विदेशमा रहेपछि निर्मलाले गाउँमा सामान्य पसल गरेर जीविकोपार्जन गर्दै आएकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि मात्र घटना कसरी घटेको भन्नेबारे थप जानकारी प्राप्त हुनेछ।

  • Jigyasa media

थप