Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

रौतहटमा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने युवक पक्राउ

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

रौतहट। जिल्लाको इशनाथ नगरपालिकामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा २४ वर्षीय रोशन साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै २२ वर्षीया श्रीमती पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएको आरोपमा पक्राउ गरिएको हो।


जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार, यो घटना विश्वकर्मा पूजाको दिन भएको थियो। रोशनले खेतमा पानी हाल्ने पम्पको ट्यांकीबाट मट्टितेल झिकेर पिंकीलाई आगो लगाएका थिए। प्रारम्भिक अनुसन्धानले पिंकीले गुहार माग्दा रोशनले ढोका खोलेर बचाउने नाटकसमेत गरेको खुलासा गरेको छ।


उपरीक्षक घिमिरेले भने, “श्रीमतीलाई जलाएको आरोपमा कर्तव्य ज्यान मुद्दामा कानूनी कारबाही अघि बढाएका छौं।” गम्भीर रूपमा घाइते भएकी पिंकीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।


रोशन र पिंकीले २०७९ सालको फागुनमा विवाह गरेका थिए र उनका एक छोरा पनि जन्मिएका थिए। गौर–२ माइतीकी पिंकी सुत्केरी भएको ३५ दिनपछि ससुराली घर फर्किएकी थिइन्, तर फर्केको केही समयपछि नै उनका छोराको मृत्यु भएको थियो।


पिंकीका काका संजय मुखियाका अनुसार, पिंकी ८ महिनाकी गर्भवती थिइन्। उनले भने, “मेरी भतिजी गर्भवती थिइन्, तर उनका श्रीमान् र परिवारले मिलेर उनलाई पटक-पटक घरेलु हिंसा गरेका थिए र अन्ततः उनको हत्या गरे।”


संजय मुखियाले जानकारी दिएका छन् कि ९ दिनसम्म कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत थियोे 


  • reporter

थप