Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

काभ्रे बाट मामाघर आएका दुई दाजुभाइसहित तीन बालकको खोलामा डुबेर मृत्यु

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

हेटौंडा, चैत १८ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित खोलामा नुहाउने क्रममा तीन बालकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय श्यामबहादुर आचार्यका १२ वर्षीय छोरा सुसन आचार्य तथा उनका भान्जा— काभ्रे घर भई मामाघर आएका १५ वर्षीय जुम्ल्याहा दाजुभाइ प्रविन घोरासैनी र प्रविस घोरासैनी रहेका छन्।

स्कुल बिदा परेपछि प्रविन र प्रविस मामाघर आएका थिए। मामाको छोरा सुसनसँगै उनीहरू नुहाउन सिस्नेरी खोला गएका थिए। वडाध्यक्ष प्रताप भोम्जनका अनुसार गत असोजमा आएको बाढीले खोलामा बनेको खाल्टोमा डुबेर उनीहरूको ज्यान गएको हो।

अबेरसम्म घर नफर्केपछि भयो खुलासा

तीनैजना नुहाउन गएका थिए। अबेरसम्म नफर्किएपछि परिवारले खोजी गर्दा खोलाको किनारमा उनीहरूको कपडा र चप्पल भेटिएको थियो। शंका लागेपछि खोजतलास गर्दा उनीहरू खोलामा डुबेको अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय सिस्नेरीका अनुसार मृतक बालकहरूको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाउने तयारी भइरहेको छ।


  • Jigyasa media

थप