Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

हुम्लामा माटोको ढिस्कोले पुरिँदा एकको मृत्यु, चार घाइते

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

हुम्ला, फागुन २८ – हुम्लाको सर्केगाड गाउँपालिका–८ मा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

घर लिपपोतका लागि माटो संकलन गर्ने क्रममा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रहरीका अनुसार सोही घटनामा परी तीर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन्। घाइतेहरूको उमेर २५ देखि २८ वर्ष बीच रहेको जनाइएको छ।

प्रहरीका अनुसार घटनास्थलमै नेत्रकला जैसीको मृत्यु भएको हो। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।


  • Jigyasa media

थप