Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

कैलालीमा भीषण असिनापानी, बालीमा क्षति

  •   २ वर्ष अघि | १७ फाल्गुन २०८१, शनिबार

टीकापुर – कैलालीका दक्षिणी क्षेत्रहरू भीषण असिनापानीको चपेटामा परेका छन्। शनिबार बिहान भजनी नगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न स्थानमा ठूलो मात्रामा असिना सहित पानी परेको स्थानीयहरूले बताएका छन्।

हिउँदेबाली उत्पादनमा कमी आउने चिन्ता भइरहेका बेला परेको पानीले किसानलाई केही राहत दिएको भए पनि असिनाले गहुँ, तोरी लगायतका बालीमा क्षति पुर्‍याएको छ।

भजनी नगरपालिकाका किसान खेमराज पाण्डेका अनुसार असिनाले तोरी र गहुँबालीमा असर पुर्‍याएको छ। "थोरै समयमा ठूलो मात्रामा असिना पर्‍यो। केही समय अझै परेको भए क्षति झनै बढ्थ्यो," उनले बताए।

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात र तराईका विभिन्न स्थानमा वर्षासँगै असिना परेपछि मौसम प्रभावित भएको छ।


  • Jigyasa media

थप