काठमाडौँ । गोरखामा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन्। धार्चे गाउँपालिका-५, रेसास्थित जितबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरोले घर र कृषि फार्म पुरिएको सूचना प्राप्त भएको र पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको छ। घटनास्थलमा प्रहरी परिचालन भइसकेको छ र खोज तथा उद्धार कार्य जारी छ।
अधिक जानकारी आउन बाँकी रहेको छ।
(ताजा विवरणका लागि हामीलाई निरन्तर फलो गर्नुहोस्।)
- Jigyasa media