Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

सुनकोशीले गर्यो शुभकामना आदान प्रदान तथा काव्य गोष्ठी

  •   १२ महिना अघि | ६ असोज २०८२, सोमवार

काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा काव्य गोष्ठी गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।

आइतबार ठमेलमा आयोजित कार्यक्रममा पवन आलोक,श्रीओम श्रेष्ठ ‘रोदन’,तुलसीहरि कोइराला,विमल भौकाजी,मणि लोहनी,श्रीबाबु कार्की,तारा केसी,पूर्ण बहादुर श्रेष्ठ ह्रदयङ्कृत,मधु पाठक,विश्व सिग्देल,बोधराज पौडेल,सुमन सौरभ,ध्रुवराज थापा 'पुरुष',दिपक चौलागाई,गंगा थापा,एलिशा ढुंगाना,राजीव श्रेष्ठ,सरस्वती चिमोरिया,छविरमण सिलवाल लगायतका कविहरुले आआफ्नो सृजना सुनाए ।

उनीहरुको सृजनामा देश,यूगिन चेत,आम मानिसका पीडा,निराशा,विकृति र विसङ्गति विरुद्धका व्यङ्ग्य,पर्यावरण लगायतका विषयका कविताहरु सुनिए ।

चिस्वहाल गौचर परिवारको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,पवन आलोक, लघुकथा समाज, नेपालका अध्यक्ष तुलसीहरि कोइराला,उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती लगायतले विजया दशमीको उपलक्ष्यमा शुभकामना मन्तव्य राखेका थिए ।,प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा सदस्य पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए ।


  • Jigyasanepal

थप