Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

काभ्रेमा बुधबार तीन छुट्टाछुट्टै घटनामा १ को शव फेला, ९ घाइते

रोशी खोलाको किनारमा वृद्ध महिला मृत फेला

  •   १२ महिना अघि | २२ असोज २०८२, बुधबार

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ मंगलटारकी ७८ वर्षीया लक्ष्मी माया मलेपती बुधबार मृत अवस्थामा फेला परेकी छन्।

ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीका अनुसार, मलेपतीको शव तेमाल गाउँपालिका–८ माम्तीस्थित रोशी खोलाको किनारमा फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार खोलाले बगाएर ल्याई किनारमा फालेको अवस्थामा शव फेला परेको हो। मृतक मलेपती घरमा एक्लै बस्दै आएकी थिइन्।

स्थानीयका अनुसार मंगलबार उनलाई कपडा च्यापेर खोलातर्फ जाँदै गरेको देखिएको थियो, तर कसैले वास्ता नगरेका कारण उनको मृत्युबारे जानकारी ढिलो मात्र भएको हो।

शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

महाभारत गाउँपालिकामा घर भत्किँदा एक गम्भीर घाइते

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८, घर्तीछाप मैनडाँडामा घर भत्किँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार, बुधबार दिउँसो घरमा बसिरहेका ४६ वर्षीय दुधलाल मोक्तान को घरको पर्खाल भत्किएर टाउकोमा ढुंगा परेपछि गम्भीर चोट लागेको हो।

लगातारको वर्षाका कारण घर भत्किएको बताइएको छ। असोज १७ गतेदेखि परेको अविरल वर्षाले गाउँका धेरै घरहरू कमजोर बनेका थिए।

गम्भीर घाइते मोक्तानलाई तत्कालै उद्धार गरी निःशुल्क हेलिकोप्टरमार्फत काठमाडौंस्थित ट्रमा सेन्टर पुर्‍याइएको थियो। जहाँ उनको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ। 

यसै बीच बुधबार नै काभ्रेको पाँचखालमा बस र आइचर ठोक्किँदा आठ जना घाइते भएका छन् । काभ्रेको पाँचखाल नगरपालिका–६ दुलालथोकमा बुधबार दिउँसो काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ६५७९ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ गइरहेको बा ५ ख ६८३ नम्बरको मिनी आइचरलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्।

दुर्घटनामा आइचरमा सवार ६ जना र बसमा सवार २ जना घाइते भएका हुन्।

प्रहरी नायव उपरीक्षक रविन बिष्टका अनुसार, ठक्करपछि मिनी आइचर अनियन्त्रित भई करिब १५० मिटर अगाडि पुगेर सडकको दाहिने भागबाट १०० मिटर तल खसेको थियो।

घाइतेहरूमध्ये रेशम थापा (३०, सिन्धुपाल्चोक) को दुबै हात र खुट्टामा चोट, आईतलाल तामाङ (४३, काभ्रे) को ढाड र पेटमा भित्री चोट, लालबहादुर राई (५८, झापा) को दाहिने हात र दुबै खुट्टामा चोट, शेरबहादुर तामाङ (५८, सिन्धुपाल्चोक) को शरीरमा चोट, फुर्वा तामाङ (२७)को सामान्य, रामचन्द्र अधिकारी (५८, भक्तपुर) को घाटिमा भित्री चोट, युक्तबहादुर खत्री (७०, बाह्रबिसे) र गोपिलाल पराजुली (६६, बलेफी) — सामान्य घाइते रहेकोमा घाइतेमध्ये सामान्य अवस्थामा रहेका दुईजनाको उपचार पाँचखाल पोलिक्लिनिकमा, अन्यको धुलिखेल अस्पतालमा भइरहेको छ।

बस चालक सुमन बस्नेत (२५, भुम्लु–१) लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ ।

  • Jigyasanepal

थप