Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

रुकुमपश्चिममा भीषण जिप दुर्घटना : आठजनाको मृत्यु, १० जना घाइते — ओभरलोड र साँघुरो बाटो कारण भएको अनुमान

  •   ११ महिना अघि | ८ कार्तिक २०८२, शनिबार

जिग्यासा नेपाल संवाददाता, रुकुमपश्चिम।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा शुक्रबार साँझ भएको जिप दुर्घटनाले आठ जनाको ज्यान लिएको छ भने १० जना गम्भीर घाइते भएका छन्। जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदीतर्फ जाँदै गरेको रा.१ ज ४२२ नम्बरको जिप करिब ७०० मिटर तल खसेपछि घटनास्थलमै सातजनाको मृत्यु भएको र एक जनाको उपचारका क्रममा सल्ले अस्पतालमा निधन भएको प्रहरीले पुष्टि गरेको छ।


दुर्घटनामा ज्यान गुमाउनेहरू सबै आठविसकोट नगरपालिका क्षेत्रका हुन्। मृत्यु हुनेहरूमा —


३० वर्षीया कमला वली


१६ वर्षीय टेकजङ्ग बुढा


१५ वर्षीया दिलमाया बुढा


१७ वर्षीया मनिका वली


१८ वर्षीया शर्मिला विक


२२ वर्षीय गोपाल वली


१५ वर्षीया कल्पना नेपाल


२८ वर्षीया सविता विक रहेका छन्, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।



उनीहरूको शव पोस्टमार्टमका लागि सल्ले अस्पतालमा राखिएको छ।


दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेहरूमा —


सिर्जना बुढा (१७)


सपना नेपाल (१५)


जुना बुढा (१८)


संगिता बुढा (१७)


शान्ति बुढा (१९)


अञ्जना ऐरी (१७)


महिमा ओली (२०)


मनिषा थापा (१७)


सविता विक (१५)


चालक टोपजङ्ग बुढा (३४) रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार नौ जनाको सल्ले अस्पतालमा उपचार भइरहेको छ भने जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।


प्रहरीका अनुसार जिपमा यात्रु अत्यधिक भएका कारण ओभरलोड, साँघुरो सडक र खराब भौगोलिक अवस्थाले दुर्घटना निम्त्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


स्थानीयहरूले भने दुर्घटनाको समय सडक अत्यन्तै फिस्लो र अँध्यारो रहेको जानकारी दिएका छन्। दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले राति अबेरसम्म उद्धार कार्य सञ्चालन गरेका थिए।


यस दुर्घटनाले फेरि एकपटक पश्चिम रुकुमका भित्री ग्रामीण सडकहरूमा सुरक्षित यातायात पूर्वाधारको आवश्यकता र ओभरलोड नियन्त्रणमा बेवास्ता भएको अवस्थालाई उजागर गरेको छ।


दुःखद यो घटनाले स्थानीय समुदायमा शोकको छाया छाएको छ।

  • Jigyasanepal

थप