Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

टिपरको ठक्करबाट ओमन प्रधानको मृत्यु, आगजनी र तनावपछि सडक सूचारु

  •   ७ महिना अघि | ६ फाल्गुन २०८२, बुधबार

शुकदेव थपलिया 

काभ्रे, फागुन ६ | आज बुधबार बिहान ८:१५ बजे बनेपा नगरपालिका–७ चाँदनीचोकस्थित सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ।

बा.प्र.०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०१-००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका–८ स्थायी घर भई हाल धुलिखेल–५ बस्ने अन्दाजी ३१/३२ वर्षीय ओमन प्रधान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल शिर मेमोरियल अस्पताल, बनेपा लगिएकोमा बिहान ८:५० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा करिब २००–३०० जना स्थानीय भेला भई सडक अवरुद्ध गरेका थिए। आक्रोशित भीडले टिपरमा आगजनीसमेत गरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अस्रुग्यास प्रहार गरेको जनाइएको छ। केही समय तनावग्रस्त बनेको क्षेत्रबाट पछि टिपर हटाइएपछि सडक पुनः सूचारु गरिएको छ।

टिपर चालक इन्द्रावती गाउँपालिका–६ निवासी ३२ वर्षीय दिपक रोक्का लाई जिल्ला प्रहरी कार्यालय काभ्रे ले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै राखिएको थियो।

दुर्घटनापछि बनेपा बजार क्षेत्र केही समय अस्तव्यस्त बनेको थियो। आगजनी, प्रदर्शन र झडपका कारण यातायात सेवा प्रभावित भएको थियो भने थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रहरीले घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

  • Jigyasanepal

थप