Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.२४ अंकले घट्यो

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.२४ अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार रकममा नयाँ रेकर्ड कायम भएको सेयर बजारमा बिहीबार पनि दिनभरि ३३२ कम्पनीको २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन रकम बुधबारको कारोबार रकमको हाराहारी हो ।

बुधबार दिनभरि ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सेयर बजारमा नयाँ रेकर्ड कायम भएको थियो । यसअघि २०७८ सायन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूह ३.६९ प्रतिशतले बढेको छ । सूचीकृत १३ समूहमध्ये ६ समूहमा हरियाली छाउँदा बाँकी अन्य समूह राताम्मै भएका छन् । सबैभन्दा धेरै ट्रेडिङ समूह ३.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा यस दिन पनि सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख रुपौयाँको सेयर कारोबार भएको छ । बिहीबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, नेपाल हाइड्रो, सुभम पावर, सिटी होटल र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

  • Jigyasa media

थप