काठमाण्डौ ।
देशभर बढ्दो लागुऔषध अपराधविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष अनुगमन अभियानले फेरि एकपटक ठूला परिणाम निकालेको छ। विभिन्न ६ जिल्लामा छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूसँग नियन्त्रित तथा अवैध लागुऔषधको ठूलो परिमाण बरामद भएको प्रहरीले जनाएको छ।
कञ्चनपुर : एकैदिन ६ जना पक्राउ
कञ्चनपुरमा मात्रै अवैध लागुऔषध कारोबार गर्दै आएका ६ जनालाई पक्राउ गरिएको छ।
भीमदत्त नगरपालिका–३ भाँसीमा डेरा गरी बसेका, वेदकोट–४ बगुन घर भएका सुनिल बिष्ट (२८) सहित ५ जनाको समूह प्रहरीको निगरानीमा परेको हो।
उनको कोठामा तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने ३ ग्राम ५४० मिलिग्राम पदार्थ फेला परेको हो।
यस्तै, भीमदत्त–१८ सालघारीका हेमन्त धामी (२५) पनि ४६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्।
सुनिल बिष्ट र हेमन्त धामी दुवै कञ्चनपुर प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो।
रूपन्देही : विदेशी उडानबाट आएको यात्रु पक्राउ
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रहरीले कडा निगरानी गर्दै आएको छ।
एयर एसिया विमानमार्फत थाइल्यान्डको बैंककबाट आएका मोहम्मद फैजी अन्सारी (२४), भारत कानपुर लखनउ बस्ने,
उनको सुटकेसबाट गाँजा जस्तो देखिने करिब १ किलो २९९.९५० ग्राम पदार्थ फेला परेको छ।
उडान अवतरणपछि विमानस्थल सुरक्षा कार्यालय र प्रहरीको संयुक्त टोलीले जाँच गर्दा लागुऔषध भेटिएको हो।
ललितपुर : डाईजेपाम सहित एक युवक पक्राउ
ललितपुर महानगरपालिका–१५ टुटेपानीबाट सौगात श्रेष्ठ (२७) लाागुऔषध डाईजेपाम ९९ एम्पुल सहित पक्राउ परेका हुन्।
प्रहरी वृत्त सातदोबाटोले राति विशेष गस्तीका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
चितवन : ट्रामाडोल र गाँजा सहित २ जना पक्राउ
चितवनको कालिका–५ नवप्रतिभा टोलमा अमृत थापा (२६) र मिलन महतो (२६)
ट्रामाडोल १२० ट्याब्लेट तथा गाँजा १०२ ग्राम सहित पक्राउ परेका छन्।
प्रहरी बिट पदमपुरको टोलीले दुवै जनालाई पक्राउ गरेको हो।
झापा : ब्राउनसुगर सहित भारतीय नागरिक पक्राउ
भद्रपुर–५ मेचीपुलमा भारत दार्जलिङका गोपाल बैध (६१)
ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ७३० मिलिग्राम सहित नियन्त्रणमा परेका छन्।
मे.१० प ६७८० नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा वडा प्रहरी कार्यालय भद्रपुरले जाँचमा समातेको हो।
सुनसरी : महिलासहित २ जना पक्राउ
धरान उपमहानगरपालिका–११ मंगलबारे चोकमा बस्ने रोशनी राई (२४) सहित २ जना
ट्रामाडोल १५० ट्याब्लेट तथा स्पास्पेन १६५ ट्याब्लेट सहित पक्राउ परेका हुन्।
रेल्वे अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले कोठा तलासी गर्दा लागुऔषध फेला पारेको हो।
प्रहरीको कडा निगरानी जारी
प्रहरीका अनुसार सबै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
छुट्टाछुट्टै जिल्लामा गरिएको प्रभावकारी कारबाहीले लागुऔषध तस्करीमा संलग्न समूहहरूविरुद्ध कडा सन्देश गएको छ।
-
Jigyasanepal