Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा, आजै सबै परिणाम सार्वजनिक गर्ने तयारी

  •   ६ महिना अघि | २७ फाल्गुन २०८२, बुधबार

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। केही निर्वाचन क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले आजै (बुधबार) सबै परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार हाल सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं.–१, गोरखा निर्वाचन क्षेत्र नं.–१ र २ लगायत केही क्षेत्रको मतगणना मात्र बाँकी रहेको छ। ती क्षेत्रमा अहिले पनि मतगणना जारी रहेकाले आजभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको उनले बताए।

निर्वाचन आयोगले सार्वजनिक गरेको आज बिहान ३:३० बजेसम्मको मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ। रास्वपाले हालसम्म ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कांग्रेस ले १७ लाख ४५ हजार ९५४ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४ मत ल्याएको छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी ले ८ लाख २ हजार ७४३ मत, श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ४७८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार १९७ मत प्राप्त गरेका छन्।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल ले १ लाख ७४ हजार ३०५ मत, राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ७१ हजार ४४४ मत तथा जनमत पार्टी ले ७८ हजार ९२७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

यसैबीच प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने यसअघि नै सबै १६५ निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ। प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १२५ सिट जित्दै पहिलो स्थान हासिल गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट, नेकपा (एमाले) ले ९ सिट, नेपाली कम्युनिस्ट पार्टीले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। त्यसैगरी राप्रपा र स्वतन्त्र उम्मेदवारले १/१ सिटमा विजय हासिल गरेका छन्।

मतगणनाको अन्तिम परिणाम आजै सार्वजनिक हुने तयारीसँगै देशभर राजनीतिक वृत्तमा चासो बढेको छ। निर्वाचन आयोगले बाँकी क्षेत्रको मतगणना तीव्र पारिएको जनाएको छ।

  • Jigyasanepal

थप