Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

तीन प्रदेशमा भारी वर्षाको चेतावनी, तराईमा हुरीको खतरा

  •   १ वर्ष अघि | १९ भदौ २०८२, बिहिबार

काठमाडौं, भदौ १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षासँगै तराईका केही भागमा हुरीको समेत सम्भावना रहेको चेतावनी जारी गरेको छ।

महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार,

👉 दिउँसोको अवस्था :

देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै तराईका केही स्थानमा हुरी चल्ने खतरा पनि देखिएको छ। विशेषगरी मधेस प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

👉 रातिको अवस्था :

कोसी, मधेसलगायतका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदलीको स्थिति रहने अनुमान गरिएको छ।

कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा यी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई ठाउँमा भारी वर्षा समेत हुने सम्भावना रहेको छ।


मौसमविद्हरूले निरन्तर वर्षा र हुरीको जोखिमका कारण नदी–नाला तथा भिरालो भूभागमा सर्तक रहन, यात्रामा विशेष ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप