Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

जलवाष्पयुक्त हावाको प्रभाव, मनसुन सक्रिय — पहाड र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | १३ भदौ २०८२, शुक्रबार

१३ भदौ, काठमाडौं ।

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै देशभर मनसुन केही सक्रिय भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपासमा अवस्थित छ।

दिउँसोको मौसम :

आज दिउँसो देशभर बदली रहनेछ भने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको मौसम :

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। यस अवधिमा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

जोखिम र सतर्कता :

महाशाखाले वर्षासँगै पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम बढ्ने, साना–ठूला नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासी र सम्बन्धित निकायलाई सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

  • Jigyasanepal

थप